डेढ घण्टामै उल्टियो सरकारको निर्णयः उपत्यका बाहिर जान दिईने निर्णय फिर्ता

दियो पोस्ट  

काठमाडौँ, चैत २७ । सरकारले शुक्रबार र शनिबार काठमाडौँमा अलपत्र परेका नागरिकहरुलाई उपत्यका बाहिरिन दिइने निर्णय रद्द गरेको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समितीले निर्णय गरेको दुई घण्टा बित्न नपाउँदै उक्त निर्णय रद्ध गरिएको हो ।

बिहीबार नै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले मानिसलाई बाहिर पठाउँदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै निर्णय रद्द गरेको हो ।

यसअघि सरकारले काठमाडौँ उपत्यकामा अलपत्र परेका नागरिकहरुलाई दुई दिन काठमाडौँबाट बाहिरीन दिने निर्णय गरेको थियो । सरकारको निर्णयलाई केही प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुले विरोध गरेका थिए । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले समेत काठमाडौँबाट फर्काउनका लागि सरकारले कुनै तयारी नगरेको बताए ।