तेक्वान्दो खेलाडी दम्पत्तिद्वारा कोरोना उपचार कोष र महाबिर पुनलाई आर्थिक सहयोग

तेक्वान्दो खेलाडी दम्पत्तिद्वारा कोरोना उपचार कोष र महाबिर पुनलाई आर्थिक सहयोग

काठमाडौं, २९ चैत्र । नेपाली तेक्वान्दो खेलाडी किशोर श्रेष्ठ दम्पत्तिले कोरोना रोग उपचार कोषमा आर्थिक सहयोग गरेका छन् । उनीहरुले पठाएको ५ लाख रुपैयाँ नेपाल तेक्वान्दो संघका प्रदेश ३ अध्यक्ष केशव पुरीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाललाई हस्तान्तरण गरे ।


सिलवाल मार्फत सरकराले स्थापना गरेको कोरोना भाइर रोकथाम तथा उपचार कोषमा जम्मा गरिएको अध्यक्ष पुरीले दियोपोस्टलाई जानकारी दिए ।

सहयोगी श्रेष्ठ दम्पत्ति नै राष्ट्रिय खेलाडी हुन् । श्रेष्ठकी पत्नी सविता भण्डारीले एशियन गेममा रजत पदक जितेकी थिइन् । साग खेलकुदमा पदक जितेका किशोर र उनकी दम्पत्ति हाल अमेरिकामा छन् ।

अमेरिकाको सियाल शहरमा रहेका उनीहरुले विनाशकारी भूकम्पको समयमा पनि नेपालमा ठूलो आर्थिक सहयोग पठाएका थिए । काठमाडौंको स्वयम्भू स्थायी घर भएका श्रेष्ठ दम्पत्तिले व्यक्तिगत तवरबाट पीपीइ बनाउँदै आएका महाबिर पुनलाई पनि १ लाख रुपैयाँ सहयोग गरेको छ ।

Trending News