
काठमाडौँ, वैशाख १ । कैलालीको लम्कीमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ।
१७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएकी उक्त महिलामा कोरोना पोजेटिभ भेटिएको हो । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।
र्यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ।
सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ। आइतबार मात्रै एकैदिन ३ जना कोरोना संक्रमित भेटिएका थिए । सरकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न लकडाउन घोषणा गरेको तीन साता बित्न लागिसकेको छ ।