काठमाडौँमा एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ, उपचारका लागि पाटन अस्पताल लगियो

दियोपोस्ट संवाददाता

काठमाडौँ, वैशाख १ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टम बस्दै आएका एक परिवारका तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । सोमबार गरिएको र्‍यापिड टेष्टमा उनिहरुमा कोरोना भाइरसको संक्रमण भेटिएको हो । उनिहरुमा कोरोना भाइरस भेटिएपछि ललितपुरस्थित पाटन अस्पतालमा भर्ना गरिएको छ ।

सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो ।

उनीहरु गत चैत ५ गते कतार एयरलाइन्सको विमानमार्फत नेपाल आएका थिए । विदेशबाट नेपाल आएको भएतापनी उनिहरुले कोरोना परिक्षण गरेका थिएनन् ।

तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

सम्बन्धित खबर