
काठमाडौँ, वैशाख २ । सरकारले वैशाख १५ गतेसम्म लकडाउन जारि राख्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद वैठकले लकडाउनको समय थप १२ दिन लम्बाउने निर्णय गरेको हो । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमित बढ्दै गइरहेको अवस्थामा लकडाउनको विकल्प नभएकोकोले सरकाले थप लम्बाएको हो ।
सरकाले लकडाउनलाई अझै कडा र प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । लकडाउनको समयमा एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म जानको लागि समेत बन्देज गरिएको छ । अत्यावश्यक बाहेक घरबाट ननिस्कनका लागि सरकाले सम्पुर्ण नागरिकहरुमा आग्रह गरेको छ ।
त्यस्तै सरकारले लकडाउनको प्रत्यक्ष प्रभाव परेका नागरिकहरुलाई राहत वितरण पनि तीब्र गतिमा गर्ने निर्णय गरेको छ । दैनिक ज्यालामजदुरी गरेर दैनिकी चलाउने श्रमिकहरुको पहिचान गरि राहत वितरणलाई निरन्तरता दिनका लागि स्थानीय तहहरुलाई निर्देशन समेत दिएको छ ।
सरकाले यसअघि जारि गरेको लकडाउन बुधबार विहान ६ बजेबाट समाप्त हुँदै छ । नेपालमा पहिलोचोटी चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको हो । कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले लकडाउनको घोषणा गरेको थियो । हालसम्म नेपालमा १६ जनामा कोरोनाभाइरस पुष्टि भइसकेको छ ।
सोमबार काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल लगिएका ३ जनामध्य २ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ । सोमबार नै कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन्। हालसम्म सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा तीन जना उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्।