
काठमाडौं, ६ चैत्र । कोरोना भाइरस कोभिड १९ का संक्रमणबाट पहिलो पटक नेपालमा एक किशोरी उपचार पछि घर फर्किएकी छिन् ।
शनिवार उनी टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमाबाट २७ दिनपछि फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग उपचार केन्द्रले पटक पटक परिक्षण गरेको थियो । अन्तिममा उनको रिपोर्ट लगातार कोभिड १९ नेगेटिभ आएको थियो ।
फ्रान्सबाट गत चत्र ४ गते मंगलबार कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई कोरोना भाइरस संक्रमण देखिएको थियो ।
यसअघि एक युवक उपचारपछि घर फर्किएका थिए। टेकु स्थित अस्पतालमा पुगेका परिवारले उनलाई फूलको गुच्छा दिएर स्वागत गरेका थिए ।