मन्त्रिपरिषदबाट सिफारिस भएको केही घण्टामै राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

दियोपोस्ट संवाददाता

काठमाडौं, ८ वैशाख । केही बेरअघि सम्म निकै विवाद र चर्चामा रहेको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको छ ।


राष्ट्रपति विद्यादेवि भण्डारीले अध्यादेश जारी गरेको सुचना सार्वजनिक भएको छ । राष्ट्रपति कार्यालय अनुसार संविधानको धारा ११४ उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेशहरु जारी भएको हो ।
जसमा संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी आध्यादेश २०७७ पहिलो संशोधन र राजनीतिक दलसम्बन्धी तेस्रो संशोधन अध्यादेश २०७७ रहेको छ ।


राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि नेकपा भित्र तिब्र विरोध र विवाद भएको छ ।

सम्बन्धित खबर