ज्वालामुखि १ मैदीका अर्का युवामा पनि कोरोना देखिएन, पिसिआर रिपोर्ट सहित

दियोपोस्ट संवाददाता

दियोपोष्ट संवाददाता,


धादिङ, ९ वैशाख । आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट)मा कोरोना भाइरस पोजेटिभ देखिएको धादिङ ज्वालामुखि १ का एक युवामा पिसिआर परिक्षणमा भने नेगेटिभ आएको छ ।


धादिङको ज्वालामुखि २ मैदीमा रहेको मैदी स्वास्थ्य चौकीमा र्यापिड परिक्षणका क्रममा ती युवालाई कारोना पोजिटिभ देखाएको थियो ।

भारतबाट आएका ती युवालाई एम्बुलेन्स मार्फत धादिङवेशी ल्याएर स्वाव लिइ काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरस कोभिड १९ को परिक्षण गरिएको थियो ।


मंगलबार उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङले जानकारी दिएका छन् ।

सम्बन्धित खबर