थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमित ४५ पुग्यो !

दियो पोस्ट  

काठमाडौं, १० वैशाख । बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ।

मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित जानकारी दिने क्रममा यस्तो बताएका हुन् ।