काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाको पहलमा काठमाडौंमा अलपत्र परेका मजदुरको उद्दारका लागि भन्दै निलकण्ठ नगरपालिकाले काठमाडौंको माछापोखरीमा विहिबार सर्वसाधरणको भिड लागेको थियो । तर, कांग्रेस नेता धमलाले आफ्नो पार्टीका कार्यकर्ता मात्रै उद्दार गरेपछि सर्वसाधरण भने अलपत्र परेका छन् ।
धमलाको पहलमा धादिङवेशी जान तयार पारिएको बस चढेर धादिङ जान आएका ५० भन्दा बढी सर्वसाधरण अलपत्र परेका हुन् । यात्रुको बिचल्ली भएपछि ग्रामिण यातयातले ती यात्रुको उद्दार गरी धादिङ पठाएको छ । ‘रमेश धमलाले धादिङ लैजाँदै छ भनेको सुनेर हामी माछापोखरी बसपार्कमा आयौँ । तर, त्यहाँ त हामीलाई बसमा चढ्न समेत दिएनन्,’ एक सर्वसाधरणले दियोपोष्टसँग भने,‘पानी परिरहेको छ । राती बिजोक भएपछि हामीलाई ग्रामिण यातयातको गाडीमा हालेर धादिङ पठाइएको छ ।’
निलकण्ठ नगरपालिकाको सहयोगमा मण्डली यातयातको १७ वटा बस रिजर्भ गरेर आफू निकट व्यक्तिहरुलाई धादिङ पुर्याइएको थियो ।
यात्रु उद्दार गर्ने मण्डली यातयात प्रा.लीका अध्यक्ष शरद अधिकारीले सामाजिक सञ्जालमा जनाए अनुसार ६ वटा गाडी भनेर १७ वटा गाडी पठाइएको थियो ।
निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले नगरपालिकाकै रकममा गाडी रिजर्भ गरिएको जनाइएको छ ।
बेलुका ९ बजेसम्म पनि बस नआएपछि अलपत्र परेका यात्रुहरुलाई ग्रामिण यातयात सहकारी संस्थाको बसले उद्दार गरेको जनाइएको छ ।
अपडेट
नाम नटिपाउनु भएको व्यक्ति हुन् ः अध्यक्ष अधिकारी
दियोपोष्टमा प्रकाशित समाचारलाई लिएर मण्डली यातयात प्रा.लीका अध्यक्ष शरद अधिकारीले दियोपोष्टकै सामाजिक सञ्जालमा दिएको प्रतिक्रियालाई समाचारको खण्डनको रुपमा यहाँ प्रकाशित गरेका छौँ
दियो पोष्ट जस्तो संचार माभ्यमले कसैको बहकाउमा लागेर यस्ता अतिरन्जित समाचार पोष्ट गर्नु दुखद कुरा हो । समाचारमा अनावश्यक राजनीतिकरण गर्ने र छ वटा बस भनेर सत्र वटा बस पठाएको भनेर मेरो समेत नाम जोडनु भएको रहेछ । हामिले त्यहाँ बिहानदेखि दुईवटा कर्मचारी काउण्टरमा राखेर नाम टिपाएका थियौं । नाम टिप्दै जाँदा मानिसको संख्या धेरै भएपछि पास लिइएको छ वटा मात्रै बसले नपुग्ने स्थिति भएपछि धादिङ कांग्रेसका सभापतिको विशेष पहलमा सिडियो सापकोबाट अनुमति लिएर जानको लागि पास नभए पनि पठाउनुस् भनेपछि धादिङबाट रमेश धमला स्वयं आफै काठमाडौ आउनु भएको र संगै दस वटा अरु बस थप गरि जम्मा सत्र वटा बसमा निशुल्क रुपमा यात्रु पठाउने कार्य सम्पन्न भएको अबस्थामा हामीसँग सम्पर्क पनि नभएको नाम पनि नटिपाउनु भएको र हाम्रो काउण्टरको परिपरि पनि नजानु भएको केही मानिसहरु हामी निस्कने समयमा ग्रामीण सहकारीको काउण्टर आसपासमा देखेपछि ती मानिसलाई रमेश धमला स्वयंले बाकि रहेको गाडिमा चढेर जान र धादिङबेशि पुगेपछि अर्को गाडिको व्यवस्था गराउँछु भन्दा उहाँहरु त्यहीँ बसिरहनु भएको साचो हो तर यसमा अनावश्यक रुपमा जिल्ला नेताको नाम जोडेर आफ्नो कार्यकर्ता मात्रै लिएर गयो भन्नू आलोचनाको पराकाष्ठा को उपज हो । भने छ वटा बस भनेर सत्र वटामा मानिस पठाएको र त्यो पनि निशुल्क रुपमा पठाएको कुरालाई आोझेलमा पार्ने नियोजित रुपमा यो समाचार निकालिनु चाहिँ दुखद हो ।