BREAKING :: धादिङका गुण्डानाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ पक्राउ

दियोपोस्ट संवाददाता

दियोपोष्ट संवाददाता,


धादिङ, १४ वैशाख । धादिङमा रहेर गुण्डागर्दी गर्दै आएका गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङको विशेष स्रोतका अनुसार भण्डारीलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो । उनलाई धादिङको सिद्धलेक गाउँपालिका बुङचुङबाट पक्राउ गरिएको स्रोतले जनाएको छ ।


पक्राउ परेका उनले लकडाउन उलंघन गरी अवैध गतिविधिमा समलग्न रहेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


यसअघि पनि हतियार सहित पटक पटक पक्राउ परेका भण्डारी राजनीतिक आडमा छुट्दै आएका छन् । गुण्डा नाइके तथा निर्माण व्यावसायी महासंघका अध्यक्ष सरद गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका समिरमान बस्नेतको समुहमा रहेर धादिङसहितका विभिन्न क्षेत्रमा गुण्डा गर्दी गर्दै आएका भण्डारीले यसअघि अर्का गुण्डा नाइके दिनेश अधिकारी चरीलाई समेत गोली प्रहार गरेका थिए ।


केही महिना धादिङकै गजुरी प्रहरीले भण्डारीलाई हतियारसहित स्थानियबासीलाई धम्काउँदै गरेको अभियोगमा पक्राउ गरेको थियो । तर, त्यति बेला समेत राजनीतिक आडमा उनी छुटेका थिए ।

सम्बन्धित खबर