स्वास्थ्य सामग्री खरिद काण्ड : सार्वजनिक लेखा समितिले छानबीन थाल्यो, ७ दिने अल्टिमेटम !

दियोपोस्ट संवाददाता

काठमाडौं, १४ वैशाख । कोभिड १९ महामारीको समयमा सरकारले खरिद गरेको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको विषय सार्वजनिक भएको एक महिनापछि संसदको सार्वजनिक लेखा समितिले छानबीन थालेको छ ।


समितिका सचिव डा. रोजनाथ पाण्डेले विभिन्न निकायसँग आवश्यक कागजान माग गरी छानबीन थालिएको जनाएका छन् ।


स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य विभागले विना प्रतिष्पर्धा ओम्नी विजनेश कर्पोरेटलाई स्वास्थ्य सामग्री खरिदको ठेक्का दिएको थियो । तर, ओम्नीले खरिद गरेको सामाग्रीमा घोटाला भएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले ओम्नीसँगको सम्झौता रद्द गरेको थियो ।


समितिले स्वास्थ्य मन्त्रालयलाई उक्त ठेक्कासँग सम्बन्धित कागजातहरु ७ दिन भित्र समितिलाई बुझाउन अल्टिमेटम समेत दिएको छ । आइतबार प्रेसित पत्रमा लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेले हस्ताक्ष्एोर गरेका छन् ।

सम्बन्धित खबर