सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको नयाँ अस्त्र : कोरोनापछि बामदेव प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष !

दियोपोस्ट संवाददाता

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र बरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव गरेका छन् ।


नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकका क्रममा उनले यस्तो प्रस्ताव राखेको खुलाशा भएको छ ।

बैठकको शुरुवातमा आफ्नो धारणा राखिरहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोल्दा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।

गौतमलाई प्रधानमन्त्री बनाउनका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर पनि ल्याउन आफू तयार रहेको उनले बताएका थिए । त्यस्तै माधव नेपाललाई अध्यक्ष बनाउन तीन जना अध्यक्ष राख्ने व्यवस्था समेत ल्याउने उनको प्रस्ताव थियो । बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आरोप लगाएको भन्दै खारेज गर्नुपर्ने बताएको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर