
काठमाडौं, १८ वैशाख । कुनै समय ठमेल दिनमा मात्रै होइन रातमा समेत जागिरहन्थ्यो । राजधानी काठमाडौंको पनि ‘राजधानी’ भनेर चिनिने ठमेल यतिबेला भने सुनसान छ । आज मात्रै होइन विगत ३८ दिनदेखि ठमेल सुनसान छ ।
कोरोना भाइरस कोभिड १९ को संभावित महामारीको खतराबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनका कारण मुलुक नै बन्दाबन्दीको अवस्थामा छ । कोरोना संक्रमणको सबैभन्दा गम्भिर असर नेपालको पर्यटन क्षेत्रमा परेको छ । सँधै पर्यटकको भिडभाड भइरहने ठमेलमा यतिबेला भने कुकुर समेत देखिन मुस्किल छ ।
तस्वीरमा हेर्नुहोस् ठमेल






















