
दियोपोष्ट संवाददाता,
रोल्पा, १८ वैशाख । रोल्पाको त्रिवेणी नगरपालिका ७ गैरीगाउँमा बम विष्फोट भएको छ । बालबालीकाले पुरानो बम नचिनेर खेलाउने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटमा परी चार जना बालबालीकाको मृत्यु भएको छ । टुइन्च मोटर नाम गरेको बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
माओवादी जनयुद्धको उद्गम थलोको रुपमा रहेको रोल्पामा बम विष्फोट भएपछि यसले गम्भिरता निम्त्याएको छ ।