जेलभित्र रहेका विप्लवका दाई विरजंग विरुद्ध २१ दिने पक्राउ पूर्जी !

जेलभित्र रहेका विप्लवका दाई विरजंग विरुद्ध २१ दिने पक्राउ पूर्जी !

काठमाडौं, ३० चैत्र । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सम्झौता गर्दैै शान्तिपूर्ण राजनीतिमा आएको छ । सरकारले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको मुद्दा फिर्ता लिने र जेलमा रहेकाहरुको रिहा गर्ने सम्झौता गरेको थियो । तर, सम्झौता पालनामा भने सरकार उदासिन देखिएको छ ।

सरकारले जेल भित्र रहेका सयौँ नेता कार्यकर्तालाई रिहा गर्ने कुनै संकेत समेत दिएको छैन । हेमन्त प्रकाश ओली ‘सुदर्शन’ र माइला लामा लगायत सयौँ नेता कार्यकर्ता जेलमै छन् ।


मुद्दा फिर्ता लिने सम्झौता गरेको सरकारले विप्लवकै दाई तथा हाल चितवन कारागारमा रहेका बीरजंग भनिने चन्द्र बहादुर चन्द विरुद्ध म्याद प्रकाशित गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ शिवगढी घर भएका चन्दका विरुद्ध जिल्ला अदालत रुपन्देहीले म्याद जारी गरेको हो ।

विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा फरार रहेको भन्दै चन्दको नाममा म्याद पुर्जी जारी भएको हो । ठेगाना समेत नखुलेको भन्दै राष्ट्रियस्तरको पत्रिकामा सुचना छापिएको उल्लेख छ । २१ दिन भित्र अदालतमा आफै उपस्थित भएर जवाफ नदिए कानुन अनुसार गर्नु भन्दै जिल्ला अदालतले म्याद प्रकाशित गरेको हो ।

Trending News