केपी समूहको हास्यास्पद निर्णयः साधारण सदस्यबाट निलम्वन गरिएकालाई स्पष्टिकरणको ‘डण्डा’

केपी समूहको हास्यास्पद निर्णयः साधारण सदस्यबाट निलम्वन गरिएकालाई स्पष्टिकरणको ‘डण्डा’

काठमाडौँ, ६ बेशाख । केपी ओली नेतृत्वको नेकपा एमालेले यसअघि नै पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्वन गरेका विद्रोही नेताहरुमाथि पुनः कारवाहीको धम्की दिएको छ ।

पार्टीका वरिष्ठ नेता रहेका माधव कुमार नेपालसहित शीर्ष नेताहरु डा भीम रावल, सुरेन्द्र पाण्डे घनश्याम भुसाल लगायतका नेताहरुमाथि केपी ओलीले पुनः अनुशासनको कारवाहीको तयारी गरेको हो ।

कर्णाली प्रदेशमा माधव नेपाल समूहका सांसदहरुले फ्लोर क्रस गर्दै नेकपा सरकारलाई समर्थन गरेपछि फ्लोर क्रस गर्ने र गराउने दुबै समूहका नेताहरुसँग स्पष्टीकरणको माग गरेकाे हाे ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई अनुशासनको कारवाही गर्दै तीन दिनभित्र स्पष्टीकरणको जवाफ दिन आग्रह गरेको छ ।

सांसदहरु नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई यसअघि नै प्रदेश कमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्वन गरिसकेको छ ।

बैठकले फ्लोर क्रस गराउन प्रेरित गर्ने माधव नेपालसहित चार नेताहरुलाई अन्तिम चेतावनीस्वरुप स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यी चारै जना नेताहरुलाई केपी समूहको चैत ७ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयबाट ६ महिनाका लागि साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिसकेको छ ।

पार्टीेको साधारण सदस्य समेत नरहेकालाई कारवाहीको चेतावनी दिनु हास्यास्पद रहेको माधव समूहका एक नेताले बताएका छन् ।

Trending News