बालुवाटार जग्गाकाण्डका अभियुक्त मिनबहादुर गुरुङसमेत राष्ट्रपतिबाट विभूषित !

बालुवाटार जग्गाकाण्डका अभियुक्त मिनबहादुर गुरुङसमेत राष्ट्रपतिबाट विभूषित !

काठमाडौं, ७ वैशाख । ललितानिवास जग्गा घाटालाका मुख्य अभियुक्त मानिएका भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट विभूषित भएका छन् ।
बालुवाटार जग्गा काण्डमा ५० करोडभन्दा बढी घोटाला गरेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका गुरुङ सुप्रवल जनसेवा श्रीबाट विभूषित भएको खुलाशा भएको हो । यसअघि प्रधानमन्त्रीकै हातबाट चेम्बर अफ कमर्शको साधारण सभामा पुरस्किृत भएका गुरुङलाई राष्ट्रपतिले पनि विभूषण गरेका हुन् ।

अदालतमा भ्रष्टाचार मुद्दामा छानबिन चलिरहँदा राष्ट्रपति तथा प्रधानमन्त्रीले सम्मान गर्नुलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
बालुवाटार जग्गाकाण्डमा गुरुङसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा विचाराधिन छ । उनी धरौटीमा छुटेका अभियुक्त हुन् । धरौटीमा छुट्नु भनेको अपराधबाट मुक्त हुनु होइन भन्ने न्यायीक सिद्धान्त रहेको छ ।

Trending News