सुनका गरगहना विक्रीमा एनएमबि बैंकको ठगीधन्दा : प्रति १० ग्राम ४९० ठगी गरेको खुलाशा !

दियोपोस्ट संवाददाता

काठमाडौं, १३ वैशाख । एनएमबि बैंक लिमिटेडले सुनको गरगहना विक्रीमा चरम ठगी गर्दै आएको पाइएको छ ।


एनएमबी बैंकले अन्तराष्ट्रिय बजारको मूल्य प्रणाली विपरित स्थानिय बजारमा चर्को मुल्यमा सुन विक्री गर्ने गरेको पाइएको हो । बैंकहरुले स्थानियबजारमा चर्को ठगी गरेको भन्दै उपभोक्ता मञ्च नेपालले राष्ट्र बैंकमा उजुरी गरेको छ । एनएमबी बैंकले लागत मुल्यभन्दा बढीमा सुन बेचिरहेको रहस्य खुलेको हो ।

नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्रि वितरण सम्बन्धी कार्यबिधि, २०६८ को नियम ५ अनुसार बैंकहरुले सुनको बिक्रि मूल्य कायम गर्दा आयात गरी सम्बन्धीत क्षेत्रमा पुर्याउदा लाग्ने प्रत्यक्ष लागतमा अधिकतम ०.५ प्रतिशत भन्द बढि हुने गरी मार्कअप गर्न नपाइने व्यवस्था गरेको छ ।


अप्रिल २४ तारिख २०२१ अर्थात २०७८ बैशाख ७ गतेका दिन एन. एम. बि. बैंकले प्रति दश ग्राम सुन बिक्रि गर्दा कूल लागत मूल्य रकम ७७ हजार ४० रुपैयाँ मात्र भुक्तानी लिनु पर्नेमा ७७ हजार ४ सय ९० रुपैयाँ लिएको पाइएको हो । एनएमबी बैंकले प्रति दश ग्राम ४ सय ४९ सय रुपैयाँ ठगी गर्दै आएको पाइएको छ ।


‘बैंकहरुले नै गैरकानूनी तरिकाले सुनको कारोवारमा प्रति ग्राममा नै चार सय ९० रुपैयाँ ठगी रहेको हुँदा तत्काल यस बिषयमा अनुगमन, अध्ययन अनुसन्धान गरी ठगी गर्ने बैंकहरु बिरुध्द आवश्यक कानूनी कारवाही गरी पाउनको लागी आवश्यक कागजात सहित माननीय मन्त्रीज्यूमा निवेदन गरेकाछौं,’ उजुरीमा भनिएको छ ।

एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका निकट पात्र हुन् । त्यस्तै बैंकका सिइओ सुनिल केसी हुन् । उनकै नेतृत्वमा राजश्व अनुसन्धान विभागमा नक्कली विवरण बुझाएर करोडौं कर छलि गरेको विषयमा दियोपोस्टले यसअघि नै समाचार प्रकाशन गरिसकेको छ ।


नेपालमा दुवईबाट अवैध बाटो हुँदै सुन तस्करी हुने गरेको छ । विमानस्थलबाटै पटक पटक ३३ किलो सुन बरामद भएका थिए । एनएमबि बैंकले पनि दुबई मार्फत ल्याएको सुन विक्री गरेको पाइएको हो ।

यस विषयमा प्रतिक्रिया लिनका लागि एनएमबि बैंकका सुचना अधिकारी सुदेश उपाध्यायलाई सम्पर्क गर्दा उनको मोबाइल अफ छ ।

सम्बन्धित खबर