लकडाउन घोषणासँगै काठमाडौं छाड्नेहरुको ताँती, भिडियोमा हेर्नुहोस्

दियोपोस्ट संवाददाता

राज लोहोनी / सन्तोष विश्वकर्मा
काठमाडौं, १४ वैशाख ।

‘बसाईँ हिँड्नेको ताँतीले
बस्नेको मन रुवाउँदछ
लाखौँको लागि उजाड छ यो देश
मुठ्ठी भरलाई त स्वर्ग छ’


जनवादी गायक जेवी टुहुरेले गाएको यो गीत जस्तै लाखौं नागरिकलाई यो काठमाडौं शहर उजाड जस्तै छ । कोरोना महामारीको नयाँ भेरियन्ट शुरु भएपछि काठमाडौं छाड्नेहरुको ताँती लाग्न थालेको छ । सरकारले वैशाख १६ गतेदेखि फेरी २१ दिन लकडाउन घोषणा गरेपछि काठमाडौं छाड्नेहरुको ताँती लाग्न थालेको हो ।

लकडाउन कहिले खुल्ला र काठमाडौं आएर ज्याला मजदुरी गरौँला भन्दै परिवार पाल्ने अभिलाशा बोकेर काठमाडौं आएकाहरु फेरी गाउँ फर्कन थालेका छन् । उनीहरु पोका पुन्तुरा बोकेर शहर छाड्न विवस भएका छन् । सरकारले दिएको २ दिने समयसिमा भित्र काठमाडौं छाड्नेहरुको भिडले नयाँ बसपार्कदेखि कलंकीसम्म चर्को भिड लाग्न थालेको छ ।


उपत्यकाका तीन जिल्लामा लकडाउन घोषणा गरेपछि सर्वसाधरणले फेरी काठमाडौं छाड्न थालेका हुन् ।


सोमबार काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले वैशाख १६ गते बिहीबारदेखि ७ दिन निषेधाज्ञा गर्ने जनाएको थियो । तर सोमबार साँझ नै बसेको मन्त्रिपरिषद बैठकले थप २१ दिनसम्म लकडाउन घोषणा गरेको थियो ।

खासगरि नयाँ बसपार्क, कलंकी र कोटेश्वर नाकाबाट काठमाडौं छाड्नेहरुको भिड देखिएको छ ।
बसपार्क क्षेत्रमा कार्यरत एक प्रहरीका अनुसार हजारौंको संख्यामा सर्वसाधरणले काठमाडौं छाडेका छन् ।

सम्बन्धित खबर