
काठमाडौं, १५ वैशाख । विमानस्थल हवाई यात्रु यातयात व्यवस्था लिमिटेडले निषेधाज्ञाको अवधिमा पनि पिपेड ट्याक्सी सञ्चालन गर्ने भएको छ ।
सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा घोषणा गरेपछि विमानस्थल पुग्ने आन्तरिक तथा बाह्य यात्रुका लागि हवाई यात्रु यातयात व्यवस्था लिमिटेडले पर्यटक सवारीको प्रयोग गरि यात्रुलाई गन्तव्यसम्म पुर्याउने भएको हो ।
नागरिक उडयन प्राधिकरणसँगको सहकार्यमा कम्पनिले हरियो नम्बर प्लेटका गाडीहरु यात्रु ओसार पोसारमा प्रयोग भएका छन् ।
कम्पनिका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाका अनुसार विमानस्थल आउने र विमानस्थलबाट घरसम्म पुग्ने यात्रुको टिकट अनिवार्य हुनुपर्नेछ ।
कम्पनिका अनुसार आन्तरिक उडान तर्फ केशवराज लामा र सुरज राजवाहकलाई सम्पर्क गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय उडान तर्फ किशन कुमार रोक्का, किरण श्रेष्ठ र मनोजकुमार तामाङ्गलाई सम्पर्क गर्नुपर्नेछ ।
