
काठमाडौं, १६ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा रिहा भएका छन् ।
नख्खुस्थित एनसेल केन्द्रिय कार्यालयमा बम विष्फोट गराएको आरोपमा विगत केही विर्षअघि जेल चलान भएका लामा विहिबार रिहा भएका हुन् ।
भूमिगत राजनीति त्यागरे शान्तिपूर्ण राजनीति र वार्ता मार्फत कार्यकर्ता रिहाको सम्झौता गरेपनि लामो समयदेखि विप्लवका कार्यकर्ता रिहा भएका थिएनन् ।
नख्खुस्थित कारागारमा नेता हेमन्त प्रकाश ओलीसहित शिर्ष नेताहरु कारागार जीवन विताइरहेका थिए ।
रिहा भएका नेता नेता लामालाई लिनका लागि विद्यार्थी अध्यक्ष चिरञ्जिवी ढकाल र नरेन्द्र बिक कारागार पुगेका थिए ।
विभिन्न जिल्ला हुँदै पछिल्लो संखुवासभा पुर्याइएका लामा २५ हजार धरौटी तिरेर रिहा भएका हुन् ।