माटोको ढिस्कोले पुरिँदा बालकको ज्यान गयो

माटोको ढिस्कोले पुरिँदा बालकको ज्यान गयो

गुल्मी, १९ चैत । माटोको ढिस्कोले पुरिएर गुल्मीमा एक बालककोे ज्यान गएको छ । यसरी ज्यान जानेमा हस्तिचौर–३ निवासी १६ वर्षीय नाम बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिहीबार अम्मरपुर गाविसस्थित बुल्ममा घर पोत्नका लागि माटो खन्ने क्रममा अचानक ढिस्कोले पुरिँदा उनको घटनास्थलमै ज्यान गएको बताइएको छ । उनको शवपरीक्षणका लागि गएराती जिल्ला अस्पताल तम्घासमा ल्याई पु¥याइएको छ । गत महिना पनि गुल्मीमा घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक महिलाको ज्यान गएको थियो ।

Trending News