यातयात व्यवसायी महासंघको बन्दशत्रमा कुँवर समुहको आतंक : एमाले निकट बसन्त भण्डारी कुटिए !

diyopost.com
दियो पोस्ट  मंगलबार, चैत्र २९, २०७८ | २१:२३:०२

काठमाडौं । नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ राष्ट्रिय महाधिवेशनको बन्द शत्र ललितपुरको गोदावरीमा जारी छ । आइतबार काठमाडौंमा गृहमन्त्री बालकृष्ण खाँडद्वारा उद्घाटन सत्र उद्घाटन गरिएको महाधिवेशन गोखावरीमा बन्द शत्र गर्न पुगेको थियो ।

बन्दशत्रमा नेतृत्व चयनको विषयलाई लिएर चरम विवाद शरु भएको छ । मंगलबार दिउँसो ल्होत्से बहुउद्देश्यीय प्रालीका तर्फबाट बसपार्क हेर्ने गरि जिम्मा पाएका सुनिल कुँवरले नेकपा एमालेका नेता समेत रहेका बसन्त भण्डारीमाथि कुटपीट गरेका छन् । बन्दशत्र जारी रहेको स्थलमै पुगेका कुँवरसहितको समुहले आफ्नो समुहले नेतृत्व पाउनुपर्ने भन्दे लफडामा उत्रिएको हो ।

‘हात हाल्न थालेपछि सबैले छुट्याएका हौँ । अहिले अवस्था समान्य छ,’ बन्दशत्रस्थलबाट एक अधिकारीले दियोपोस्टलाई भन्यो,‘कुँवर समुहले कब्जा गर्न खोजिरहेको छ ।’
ल्होत्से बहुउद्देश्यीय प्रा.लीले बसपार्क क्षेत्रमा मापदण्ड विपरित भौतिक संरचना बनाएर अनावश्यक ठगी गरिरहेको छ । ग्राण्डी अस्पतालका मालिक समेह रहेका दिपक कुँवरद्वारा सञ्चालिन लोत्सेले बसपार्क क्षेत्रमा सटरवालासँग लुट मच्चाइरहेको छ ।

लोत्सेले यातयात व्यावसायी महासंघ समेत कब्जा गर्न खोजेपछि तनाव भएको हो ।
कुँवरको ग्याङले केही व्यवसायीलाई अपहरणसम्मको धम्की दिएको पाइएको छ । कुँवर समुहको आतंकका कारण केही व्यापारी यतिबेला बोल्न समेत नसक्ने अवस्थामा पुगेको स्रोतले जनाएको छ ।

 

सम्बन्धित खबर