‘शान्ति खोज्दै क्याप्टेन बिजय लामा (भिडियो)

diyopost.com
दियो पोस्ट  शुक्रबार, बैशाख ०२, २०७९ | १३:५२:१७

 

काठमाडौं । नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ । सुदिप जंग थापाको शब्द रहेको गीतमा बिकाश चौधरीको संगीत रहेको छ । गीतका एरेन्जर रोशन बान्तवा हुन् । निकै मर्मस्पर्शी ‘शान्ति खोज्न’ गीतको भिडियोलाई सुमन श्रेष्ठ थापाले निर्माण गरेका छन् । निर्माता श्रेष्ठले नेपाली गीत संगीतलाई प्रमोट गर्दै जाने बताए ।

निर्देशक कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा बिजय लामाको मुख्य भुमिका रहेको छ । साथै हिरा सापकोटा, निहिता सापकोटा, युवराज वाईबा मौसमी खनाल, सरु लगायतको पनि अभिनय रहेको छ । भिडियोको छायांकन, सम्पादन तथा रंग संयोजन युवराज खत्रीले गरेका छन् ।

सम्बन्धित खबर