वीर अस्पतालको क्याथ ल्याब खरिद ठेक्कामै सेटिङ, विशाल पण्डितको एजेन्ट को ?

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख ०६, २०७९ | २०:३०:२३

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान हाल कोभिड १९ केन्द्रीय अस्पताल वीर अस्पतालमा क्याथ ल्याब खरिद ठेक्कामै मिलेमतोको आशंका छ ।
करिब १० करोड मुल्य बराबरको क्याथ ल्याब खरिदको ठेक्कामा स्पेकिफिकेशन निर्माणमै मिलेमतो भएको आरोप छ ।

क्याथ ल्याबका लागि तयार पारिएको विडिङ डकुमेन्टको स्पेक फिलिप्स हेल्थ केयरसँग मिल्ने गरि तयार पारिएको आरोप छ ।

वीरमा कार्यरत डा. समिर पौडेलले मेडिकल सामग्रीका ठूला माफिया विशालल पण्डितकै योजनामा स्पेक बनाएको आरोप छ । उक्त स्पेक सिमित व्यापारीलाई पोस्नका लागि बनाइएको भन्दै शुक्रबार भएको प्रि बिडिङ मिटिङमा समेत लफडा भएको थियो । डा. पौडेलले सिमित व्यापारीलाई पोस्नका लागि कमिशनको खेल खेलेको आरोप लागेको थियो ।

उपकरण व्यापारी बायो मेडिकल इन्जिनियरको सेटिङमा पण्डितको कम्पनि हस्पिटेकलाई नै ठेक्का दिन चलखेल भएको स्रोतले जनाएको छ । स्पेक बनाउन एउटै मात्रै नभई सबैले टेण्डर फारम भर्न पाउने गरि निर्माण गर्न अस्पताल भित्रै दबाव छ । तर, डा. पौडेलले अस्पताल कर्मचारीको सुझाव विपरित कमिशनको प्रलोभनमा हस्पिटेक नामक कम्पनिलाई नै हुने गरि स्पेक बनाएको आरोप छ । अस्पताल स्रोतका अनुसार स्पेक बनाउँदा भएको मिलेमतोको बुँदा सहित अख्तियार, सार्वजनिक खरिद अनुगमन कार्यालयदेखि विभिन्न निकायमा उजुरी परेको छ । पण्डितले यसअघि समेत वीर अस्पतालमा गुणस्तरहिन सामग्री खरिद गरेको र आगामी दिनमा समेत मुटु रोग जस्तो गम्भिर रोगको उपचारमा प्रयोग हुने मेडिकल सामग्री गुणस्तरहिन हुने कर्मचारीको चिन्ता छ ।

‘डा पौडेल अस्पतालको कर्मचारी भन्दा पनि विशाल पण्डितको एजेन्टको रुपमा अस्पतालमा कार्यरत छन्,’ अस्पताल स्रोतले भन्यो,‘उहाँको सम्पत्ति छानबीन गर्ने हो भने सबै कुरा छर्लङ्ग हुनेछ ।’

 

सम्बन्धित खबर