कुलमान घिसिङले दिए निर्वाचन आयोगलाई स्पष्टिकरण

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख ०६, २०७९ | २२:१२:०२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्वाचन आयोगले बयान लिएको छ ।

घिसिङलाई निर्वाचन आयोगले आजै निर्वाचन आयोगमा बोलाएर स्पष्टिकरण लिइएको निर्वाचन आयोग स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रले फेसबुक प्रचारको क्रममा घिसिङको समेत तस्विर राखेपछि सामाजिक संजालमा प्रश्न उठाइएको थियो ।

सोही विषयमा घिसिङको सहमतिमा तस्विर राखिएको हो की होइन भनेर स्पष्टिकरण लिइएको स्रोतले जनायो । निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेल शर्माका अनुसार आयोगले दल र ८ वटा स्पष्टिकरण मागेको थियो । त्यसमध्ये ५ जनाको स्पष्टिकरण आएको छ ।

सम्बन्धित खबर