निलकण्ठका प्रमुख प्रशासकीयमाथि कुटपीट गर्ने अधिकारी कांग्रेसबाट फेरी वडाध्यक्षको उम्मेदवार !

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख १३, २०७९ | १४:१६:४८

धादिङ । जिल्लाको निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेललाई कुटपीट गर्ने वडाध्यक्ष गौतम हरि अधिकारीले  फेरी वडाध्यक्षमै उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसबा तर्फबाट यसअघि निलकण्ठ ७ को वडाध्यक्ष निर्वाचित अधिकारीले पुन टिकट पाएका हुन् । उनले सोमबार नै उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला सभापति रामनाथ अधिकारीका आफन्त पर्ने अधिकारीलाई केहीदिन अघि चितवन प्रहरीले पक्राउ समेत गरेको थियो । अदालतमा मुद्दा चलाउनुपर्ने अधिकारीलाई कांग्रेसले वडाध्यक्षको उम्मेदवार बनाएर प्रोत्साहन दिएको हो ।

केहीदिन अघि निलकण्ठ र गोरखा नगरपालिकाले आयोजना गरेको संयुक्त बैठकमा कुरिन्टारस्थित एक रेष्टुरेन्टमा लफडा भएको थियो । अधिकारीले प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथि कुटपीट गरेका थिए । उनको आक्रमणबाट पौडेलको निधारमा चारवटा टाँका लगाउनु परेको थियो ।

 

सम्बन्धित खबर