प्रधानमन्त्रीसहित सत्तापक्ष र प्रतिपक्ष नेताहरुबीच बालुवाटारमा छलफल

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखकलगायत सहभागी छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्को अवरोध लगायत विषयमा छलफल भइरहेको छ ।

प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आइरहेको छ । कांग्रेसको मागमा अन्य विपक्षी दलहरूले पनि साथ दिएका छन् ।