एन्फाको साधारण सभास्थलमा झडप, गणेश थापालाई प्रवेश निषेध

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को धुलिखेलमा आयोजित साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाईप्रवेश रोक लगाइए पछि दुई समुहबीच झडप भएको छ । साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै एक समूहले थापालाई गेटमै रोकेको थियो ।

आफूलाई रोकेपछि थापाले आक्रोश ब्यक्त गरे । उनले भने, ‘कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो कि साधारण सभामा प्रवेश गर्न दिनुपर्यो ।’

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि उनी निष्कृयजस्तै भएका थिए । १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय हुन थालेका थिए ।