बनेपा, ७ जेठ । भूकम्पपछि काभ्रेपलाञ्चोकमा आत्महत्या गर्नेको सङ्ख्या बढेको छ ।
घरेलु हिंसा, आर्थिक तथा मानसिक समस्या, घरायसी झैँझगडा, गरिबी र अशिक्षाका कारण धेरैले आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धालले देखाएको छ ।
“घरेलु मदिरा सेवन गरेर महिलामाथि हिंसा हुने गरेको र प्रहरीमा उजुरी दिन आउँदा समाजका केही व्यक्तिले मिल्न दबाब दिने गरेको पाइएको छ” – जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले भने ।
प्रहरीले दिएको तथ्याङ्कअनुसार जिल्लामा आव २०७०÷७१ मा ९५ जनाले, आव २०७१÷७२ मा १०४ र आव २०७२÷७३ मा ७१ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गरेकामध्ये अधिकांशले झुन्डिएर र विष सेवन गरेर आत्महत्या गरेका छन् भने केहीले हाम फालेर, करेन्ट लगाएर, डुबेर पनि आत्महत्या गर्ने गरेका छन् ।
“आत्महत्या रोक्न परामर्श र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ” – प्रहरी उपरीक्षक बाँस्तोलाले भने ।
तर जिल्लामा जबर्जस्ती करणी ९बलात्कार०का घटना तीन आर्थिक वर्षमा घटेको देखिएको छ ।
आव २०७०÷७१ मा २२, आव २०७१÷७२ मा १७ र आव २०७२÷७३ मा १४ वटा जबर्जस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
त्यस्तै जबर्जस्ती करणी उद्योगमा आव २०७०÷७१ मा नौ, आव २०७१÷७२ मा १५ र आव २०७२÷७३ मा नौवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।