बैतडी, १३ जेठ । वर्षासँगै आएको बाढीले घर भत्किँदा बैतडीको कुलाउमा गएराति एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लक्ष्मण शाहीका अनुसार कुलाउ–४ गुङरीका करनसिँह साउदको घर भत्काउदा ३५ वर्षीया कलावती साउदको पुरिएर ज्यान गएको हो ।
बुधबार बेलुका आएको बाढी घर भित्र पस्दा घर भत्केको र घरको छतले च्यापिएर कलावतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।