यस्तो कार जो, ‘सिटबेल्ट’ नलगाई ‘स्टार्ट’ हुँदैन

दियो पोस्ट  

एजेन्सी । भारतको साम्पाल स्थित एमईआरआईई कलेज अफ ईन्जिनियरिङ एन्ड टेक्नोलोजीको मेकानिकल विभागका ५ छात्रले रेसिङ कार निर्माण गरेका छन् । यो कारमा पेट्रोल र ब्याट्री दवैबाट चल्ने र चालकलाई सुरक्षित राख्नको लागि बिना सिटबेल्ट स्टार्ट नहुने विशेषता रहेको बताइएको छ ।
कारको मोडल तयार पार्ने छात्रहरु विवेक प्रताप सिंह, विशाल प्रसाद, मोहित गुप्ता, अमिर खान र रेहान रहेका छन् । उनीहरुका अनुसार यस कारलाई सोसाईटी अफ ईन्जिनियरर्स (आईएसआईई) को वार्षिकीको लागि तयार पारिएको हो ।
मेकानिकल ईन्जीयिरिङ विभागका डा. एस.एस अरोडा र प्रोफेसर सौरभ रोहिल्लाको निर्देशनमा बनेको यो कार चालकले सिट बेल्ट नबानेसम्म स्टार्ट हुँदैन ।

पेट्रोलबाट यो कार ७० किलोमिटर प्रतिघण्टा र ब्याट्रीबाट ४० किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्नेछ ।