बाढीले बगाउँदा दुईको मृत्यु, चार घाइते

दियो पोस्ट  

बाजुरा १२ जेठ । बाजुरा जिल्लाको रुगिन गाविस–६ मा गएराति आएको बाढीले बगाएर दुई बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही वडाका १० वर्षीया निखील बुढा र ६ वर्षका दीर्घ बुढा रहेका छन् भने घाइतेको नाम आएको छैन । मङ्गलबार साँझ परेको पानीले कवाडी खोलामा आएको बाढीले त्यस बस्तीका ५० देखि ६० घर छाना बगाएको छ ।

हालसम्म क्षतिको विवरण आएको छैन । बाढीले स्थानीयको ३० बाख्रा, सात गाईसमेत बगाएको छ ।

ञसदरमुकाम मार्तडीबाट ३० कोष टाढाअर्थात् तीन दिनको पैदलदुरीमा रहेको छ । उद्धारका लागि बिच्छ्याँ प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।