परासी, १२ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–९ भुतहाँमा आज दिउँसो सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बर्दघाटबाट बुटवल आउँदै गरेको लु१ख ३१३८ नम्बरको बसले सोही दिशाबाट बुटवल आउँदै गरेको लु१ख ७३७४ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी १२ जना घाइतेमध्ये बर्दघाट–२ बस्ने ३२ वर्षीय शान्ति ढकाल र सोही स्थान बस्ने ३५ वर्षीय कमल पाण्डेको अवस्था गम्भीर छ ।
अन्य घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । साथै बस र चालक प्रहरीको नियन्त्रणमा छन् ।