सत्तरीमा सुनसहित दुई पक्राउ

दियो पोस्ट  

लहान, १३ जेठ । प्रहरीले सिरहा नगरपालिका–११ स्थित भलुवाही चोकबाट गएराति ७० तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा सुनसहित सिरहा नगरपालिका–१० सारस्वर निवासी २१ वर्षीय तमन्ना दफाली र सोही ठाउँका २२ वर्षीय मोहमद इजराइल दफालीलाई पक्राउ गरेको हो ।

स६प ६३२४ नंको पल्सर मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँचका क्रममा १०÷१० तोलाको सातवटा सुनको बिस्कुटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट डियुबीआई युएई १० तोला लेखिएको छवटा र एसयुआइएसएसई १० तोला लेखिएको एकवटा सुनको बिस्कुट, नगद ३४ हजार ८०० र दुई थान सामसुङ मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ ।