प्रधानमन्त्री ओलीसँगै लोडसेडिङ माफिया पनि भ्रमणमा, विमानभित्रै १० अर्ब मिनाहा गर्ने सेटिङ !

दियो पोस्ट  

काठमाडौं । मुलुकमा १८ घण्टा लोडसेडिङ गराउने गिरोहका एक व्यापारी प्रधानमन्त्री केपी ओलीसँगै भियतनाम र कम्बोडियाको औचपचारिक भ्रमणमा गएका छन् ।
४३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज भियतनाम प्रस्थान गरेका हुन् । उनीसँगै एक व्यापारी भने विमानमै एउटा ठूला घोटालाको गुपचुप मिलाउने षडयन्त्रमा त्यसतर्फ प्रस्थान गरेका छन् ।
केही महिनाअघि मात्रै नेपाल उद्योग परिसंघको अध्यक्षमा निर्वाचित भएका सतिश मोर प्रधानमन्त्रीसँगै भियतनाम प्रस्थान गरेका हुन् ।
स्रोतका अनुसार मोरलाई प्रधानमन्त्रीसँग विमानभित्रै वार्ता गर्ने व्यवस्था मिलाइएको छ ।
लक्की ग्रुपका अध्यक्ष मोर शिवम सिमेन्टका संचालक हुन् । शिवम सिमेन्टेले लोडसेडिङ गराएर प्रयोग गरेको करोडौँ रकम बुझाएको छैन ।
अतिरिक्त शुल्क तिर्ने शर्तमा विभिन्न उद्योगहरुमा जडान गरिएको डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट वितरण गरिएको विद्युत महशुलको बिल अहिलेसम्म सेटिङकै कारण नबुझाउने सुचीमा मोरको नाम सुचीमा छ । उनको स्वामित्व रहेको शिवम सिमेन्टले ३० करोड भन्दा बढी रकम नबुझाएपछि विवाद बाहिर थियो ।
लोडसेडिङ माफिया व्यापारीको समुहले १० अर्ब भन्दा बढी महशुल नतिर्न विभिन्न प्रपञ्च गर्दै आएको छ । मोरलाई प्रधानमन्त्रीसँगै भियतनाम पठाउने र विमानभित्रै वार्ता गरी उक्त रकम मिनाहा गर्न छुट्टै आयोग गठन गर्ने व्यवस्था मिलाउन सेटिङ मिलाइएको उच्च स्रोतको दाबी छ ।