काठमाडौ, २७ वैशाख । राजधानीमै एक विद्यालयका शिक्षिकाले विद्यार्थीलाई निलडाम बस्ने गरि कुटपीट गरेको पाइएको छ ।
काठमाडौं नयाँ बानेश्वर शान्तिनगर स्थित वेविलोन नेशनल हाईस्कुलकी शिक्षिका एलिशा राईले कक्षा ६ मा अध्यायन गर्ने नवोम श्रेष्ठलाई निलडाम बस्ने गरि यहि साता कुटेका थिए ।
शिक्षिका राईले विद्यार्थीलाई कुटपीट गरी अभिभावकलाई नभन्नु भनेकाले परिवारले थाहा पाएका थिएनन् । तर, विद्यार्थीलाई पहिरन लगाइदिने क्रममा निलडाम देखिएको थियो । कुटाई खानेमा विद्यार्थी नवोम श्रेष्ठ रहेका छन् ।
विद्यार्थीले हस्तलेखन समयमा नगरेको भन्दै शिक्षिकले कुटपीट गरेको पाइएको छ ।
अरु बेला पनि विद्यार्थीलाई कुटपिट गर्ने गरेको खुलेको छ । कुटपिट गरेको बाहिर आए मार्क कम दिन्छु भन्दै विद्यार्थीलाई तर्साउने गरेको विद्यार्थिहरुले बताएका छन । यस विषयमा विद्यालयका प्रीन्सिपल राजु राईले आफूलाई थाहा नभएको र बुझेर खबर गर्ने बताए ।