काठमाडौं प्रहरीको स्विप अपरेशन : आकाशे पुलमाथि ‘यौन बार्गेनिङ गर्ने १ सय १६ जना पक्राउ !

काठमाडौं प्रहरीको स्विप अपरेशन : आकाशे पुलमाथि ‘यौन बार्गेनिङ गर्ने १ सय १६ जना पक्राउ !

काठमाडौं, ३० वैशाख । महानगरीय प्रहरी परिसर काठमाडौंमा नयाँ नेतृत्व आएसँगै राजधानीमा प्रहरी आक्रमक बनेको छ । केही दिनअघि प्रहरी प्रमुख बनेर आएका एसएसपी उत्तम सुवेदीको निर्देशनमा शुक्रबारदेखि नै स्विप अपरेशन चलाइएको छ ।


स्विप अपरेशनका क्रममा प्रहरीले आइतबार राती नै ८० जनालाई पक्राउ गरेको छ । उनीहरुलाई राजधानीको बसपार्क, रन्तपार्क, कलंकी लगायत विभिन्न स्थानका आकाशे पुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र वोगटीले जानकारी दिए ।


‘महिलाहरुसँग यौनजन्य गतिविधि गर्ने, रत्नपार्क र बसपार्कको माथिको स्काइब्रिजमा महिलामाथि हातपात गर्नेहरु पक्राउ परेका छन् । आकाशे पुलमा हुने यौन सम्बन्धि बार्गेनिङ र विकृतिलाई नियन्त्रण गरिएको हो,’ उनले भने,‘असामाजिक गतिविधि रोक्न हाम्रो गतिविधि हो ।’


उनका अनुसार बसपार्क पुलबाट नै अस्ति शनिबार राती ३६ जना नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बसपार्क पुलमा बसेर यौन व्यावसायी महिलासँग वार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
आइतबार राती नै पुरानो बसपार्क, वीर अस्पालको गेट, रत्नपार्क लगायत स्थानबाट ८० जनाभन्दा बढी व्यक्तिहरुलाई पक्राउ गरेको प्रवक्ता बोगटीले बताए ।

Trending News