प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत भन्छन्,‘आरोप झूटो हो, पुष्टि भए सार्वजनिक जीवन त्याग गर्छु’

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत भन्छन्,‘आरोप झूटो हो, पुष्टि भए सार्वजनिक जीवन त्याग गर्छु’

काठमाडौं, ३१ वैशाख । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आफूमाथि लागेको आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।


दियोपोस्टमा प्रकाशित प्रेस चौतारीकै केही केन्द्रीय सदस्यले लगाएको आरोप बारेको समाचारको खण्डन गर्दै बस्नेतले आफूलाई लगाइएको सबै आरोप झूटा रहेको बताए ।


आरोपको बुँदा मध्ये एउटा आरोप पुष्टि भए आफू सार्वजनिक जिवननै त्याग्न तयार रहेको समेत बस्नेतले बताए ।


‘म विरुद्ध केही माफिया लागेका छन् । यो पत्र नै उनीहरुले तयार पारेका हुन् । मलाई लगाइएको एउटा बुँदा मात्रै होइन सबै बुँदा झूटो हो,’ अध्यक्ष बस्नेतले भने,‘मेरो चरित्र हत्या गर्ने उद्देश्यले यस्ता गतिविधि भइरहेका छन् । यो कागजात देखाएर चरित्र हत्या गर्ने खेल भएको हो । तर, एउटा मात्रै बुँदा पुष्टि भए म सार्वजनिक जीवन त्याग्न तयार छु ।’


नेतृत्वलाई सिद्ध्याउन महिला र आर्थिक मामिलामा बद्नाम गर्ने प्रचलन रहेको भन्दै उनले आफूलाई सिद्ध्याउन गरिएको प्रपञ्चमा माफियाहरु नै लागि परेको बताए ।


अध्यक्ष ओलीलाई बुझाइएको भनिएको उक्त पत्र अध्यक्ष ओलीले नबुझेको र ओलीले बुझेको भए आफूलाई सोधपुछ गर्ने समेत उनले बताए ।

Trending News