विद्यार्थी कुटपीट गर्ने शिक्षिकामाथि वेविलोन स्कुलको एक्सन : शिक्षिका एलिशा राई बर्खास्त !

विद्यार्थी कुटपीट गर्ने शिक्षिकामाथि वेविलोन स्कुलको एक्सन : शिक्षिका एलिशा राई बर्खास्त !

काठमाडौं, ३१ वैशाख । विद्यार्थी कुटपीटको घटना सार्वजनिक भएपछि राजधानीको शान्तिनगर स्थित वेविलोन नेश्नल स्कुलले कुटपीटमा समलग्न शिक्षिकालाई बर्खास्त गरेको छ ।


शिक्षिका एलिशा राईलाई विद्यालयले बर्खास्त गरेको प्रिन्सिपल राजु राईले जानकारी दिए ।
विद्यार्थीलाई कुनै पनि भौतिक दण्ड नदिने मान्यता रहेपनि शिक्षिका राईले विद्यालयको नियम विपरित विद्यार्थीलाई कुटपीट गरेपछि उनलाई हिजोको मितिबाट लागु हुने गरी बर्खास्त गरिएको छ ।


केही दिनअघि शिक्षिका राईले कक्षा ६ मा अध्ययनरत नवोम श्रेष्ठलाई कुटपीट गरेको विषयमा दियोपोस्टमा समाचार प्रकाशित भएको थियो ।


सञ्चार माध्यममा खबर आएपछि विद्यालयले आफ्नो कमजोरी स्विकार गर्दै शिक्षिकालाई कारबाही गरेको हो ।

Trending News