प्रदीप अधिकारीको शब्द र विष्णु माझीको स्वरमा ‘साह्रै मन अत्याउने’ बजारमा (भिडियोसहित)

प्रदीप अधिकारीको शब्द र विष्णु माझीको स्वरमा ‘साह्रै मन अत्याउने’ बजारमा (भिडियोसहित)

काठमाडौँ, जेठ । ‘सालको पात टपरी’ बाट थप लोकप्रिय बनेकी गायिका विष्णु माझिको अर्को धमाकेदार गीत सार्वजनिक भएको छ । युवा सर्जक प्रदीप अधिकारीको शब्द सिर्जनामा साह्रै मन अत्याउने बोलको गीत सार्वजनिक भएको हो ।

ध्रुवराज धितालको लयमा विष्णु माझीलाई विक्रम मल्लले साथ दिएका छन् । गीतको भिडियोमा मरिस्का पोखरेल र विनोद न्यौपानेले अभिनय गरेका छन् । मरिस्का सालको पात टपरीबाट लोकप्रिय बनेकी मोडल हुन् । दिपेन्द्र तिमल्सिनाको निर्देशनमा नवराज उप्रेतीको छायाँकन रहेको उक्त म्यूजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन ।

भिडियो हेर्नुहोस्

Trending News