यी हुन् नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर जागिर खाने डिएसपी बाबुराम अधिकारी

दियो पोस्ट  

काठमाडौं, ३ जेठ । नेपाल प्रहरीका एक डिएसपीलाई नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको पाइएपछि उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।


अधिकारीको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आइ.कम) तहको शैक्षिक प्रमाणपत्र झुट्टा (नक्कली) भएको पाइएको हो । अख्तियारले उनले सोही नक्कली शैक्षिक प्रमाण पत्र देखाएर जागिर खाएको दाबी गरेको छ ।


अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरे पनि उनी भने केही वर्ष अघि नै जागिरबाट अवकाश लिइसकेकाे अख्तियार प्रवक्ता प्रदीप कुमार काेइरालाले बताए ।