एभिन्युज टेलिभिजनका मालिक भाष्कर राजकर्णिकारकी छोरीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम !

एभिन्युज टेलिभिजनका मालिक भाष्कर राजकर्णिकारकी छोरीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम !

काठमाडौं, ५ जेठ । नीजि क्षेत्रबाट सञ्चालित एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारकी छोरी तथा एभिन्युज टेलिभिजनकी सिइओ समृद्धि राजकर्णिकार लाई ऋण तिर्न बैंकले अल्टिमेटम दिएको छ ।


तत्कालिन काष्टमण्डप डेभलोमेन्ट कुमारी बैंकको नयाँसडक शाखाबाट लिएको ऋण नतिरेपछि बैंकले सोमबारको नयाँ पत्रिकामा ३५ दिन भित्र ऋण तिर्न अल्टिमेटम दिएको छ ।


तोकिएको समय भित्र ऋण नतिरे कर्जा सुचना केन्द्रमा कालो सुचीमा राख्ने समेत बैंकले चेतावनी दिएको छ ।


समृद्धिले बैंकमा धितो बापत राखेको बा १५ च ७७०९ नम्बरको टाटा स्टोर्म गाडी समेत लिलामी हुने देखिएको छ ।’

यसअघि समाचार शिर्षकमा एभिन्युज टेलिभिजनका मालिक भाष्कर राजकर्णिकारकी छोरीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ : सम्पादक

Trending News