काठमाडौं, १५ जेठ । दोलखा भीमेश्वर नगरपालिका घर भएकी १४ वर्षीय बालिका सुनिता थामी गत शुक्रबार शंकास्पद रुपमा मृत फेला परिन् । होटल ब्यबसायी सुमित मैनालीको घरमा चार वर्षदेखि काम गर्न बसेकी उनको मृत शरीर घरको पानी ट्यांकी मुनि झुण्डिएको अवस्थामा भेटियो ।

सुनिता झुण्डिएको भनिएको ठाउँ रगताम्मे थियो । झुण्डिएको ठाउँमा रगत कहाँबाट आयो ? शंका गर्न ठाउँ प्रशस्त थिए । घटना भएको स्थानमा कुनै मिडियालाई प्रवेश गर्न दिएन । घटना घटेको निकै पछि थाहा पाएको प्रहरी टोलीको कमाण्ड गर्दै महानगरीय प्रहरी परिसर महाराजगन्जका डिएसपी फणिन्द्र प्रसाईं आफै शव उठाउन पुगे ।

मृतकका आफन्तलाई समेत खबरै नगरी प्रहरीले मुचुल्का उठाएको पीडितको आरोप छ ।
शुक्रबार भएको घटना प्रहरीले आईतबार मात्रै सार्वजनिक गरेको थियो ।
‘त्यहाँ जब हामी पुग्यौं प्रहरीले मुचुल्का तयार गरिसकेको थियो भने मृत शव पनि २-४ मिटर पर सारिसकेएको थियो झुण्डिएको ट्यांकी भनिएको ठाउँ रगताम्य थिए,’ एक प्रत्यक्षदर्शी भन्छन्,‘त्यसपश्चात ठूलो संख्यामा प्रहरी परिचालन गरियो । त्यहाँ उपस्थित सर्वसाधरणलाई धरपकड र तितर बितर पारी लाठि चार्ज समेत गरेर रातारात जवर्जस्ती पोस्टमार्टम गर्ने भन्दै एकतर्फी हिसाबले टिचिङ्ग पुर्याइयो ।’
दियोपोस्टलाई प्राप्त भिडियोमा डिएसपी प्रसाईं सर्वसाधरणसँग झर्किएर बोलिरहेका छन् । पीडितका आफन्तले गरेको प्रश्नमा उनको व्यबहार अश्वभाविक देखिने खालको छ । पीडितका आफन्तले हत्यारालाई जोगाउन डिएसपी प्रसाईंले सहयोगी भूमिका निभाएको आरोप लगाएका छन् ।

डिएसपी प्रसाईंले मृतकको सहमति विनै फोरेन्सिक डाक्टर बोलाएर आफ्नै सुरमा पोस्ट मार्टम गर्न लागेको आरोप पीडितका आफन्तले लगाएका छन् । शवको बारेमा बुझ्न पुगेका मृतकका आफन्तलाई डिएसपी प्रसाईंले दुव्र्यबहार गरेको समेत उनीहरुको आरोप छ । भिडियोमा प्रसाई आफैले ‘तपाईंहरुले कुरै बुझ्नु भएको छैन’ भन्दै हप्काएका छन् ।
मृतकका आफन्तका अनुसार चार बर्ष अघि कमला मैनालीले सुनितालाई सुमितको घरमा काम गर्नका लागि ल्याएकी थिइन् । मृतक परिवारका अनुसार सुनितालाई ४ बर्षसम्म बन्धक बनाएर राखिएको थियो । उनलाई बर्षमा ३ पटक मात्र पारिश्रमिक दिएको परिवारले बताएको छ।
अत्यन्त न्युन पारिश्रमिकमा परिवारलाई समेत भेट्न नदिई बन्दक बनाएर राखेको उनीहरुको आरोप छ ।
मैनालीले बालशोषण गरेको मृतक सुनिताको बलात्कार पछि हत्या आरोप आफन्तले लगाएका छन्। ‘अपराधिक तरिकाले चरम यातना दिई सुनितालाई बलात्कार गरेर मारिएको हो, उनको मृत शरिरलाई पानीट्यांकीमा झुण्डाएर आत्महत्या देखाउन खोजिएको मात्र हो,’ मृतकका आफन्तले भने ।
प्रत्यक्षदर्शीका अनुसार प्रहरीले लासलाई झुण्डिएको ठाउँबाट ४ मिटर जति पर सारी हतार हतार मुचुल्का तयार पारेर परिवारको सहमति बिनै रातारात पोष्टमार्टम गर्ने भन्दै टिचिङ्ग अस्पताल लगिएको थियो ।
त्यस क्षेत्रका सबैजसो होटलहरुमा चरम बालशोषण हुने गरेको हुने गरेको छ । त्यस्ता व्यापारीलाई कारबाही गर्नुको सट्टा डिएसपी फणिन्द्र प्रसाईं नै होटल व्यावसायीसँग उठबस गर्छन् ।
पछिलो समय निक्कै विवादमा आएका बृतका डिएसपी फणिन्द्र प्रसाइँको कमजोर कमाण्डका कारण महाराजगन्ज वृत्तमा पटक पटक यस्ता घटना भईरहेका छन् । यसअघि हत्या घटना मिलाउन सेटिङ मिलाएको अभियोगमा वृत्त महाराजगंजमा कार्यरत एक इन्सपेक्टर निलम्बनमा परेका थिए ।
सेटिङमा मुछिएका डिएसपी प्रसाईंले भने शक्तिको आडमा उन्मुक्ति पाएका थिए ।