वैशाख २६ बाट विद्यार्थी भर्ना गर्ने निर्णयबाट शिक्षा मन्त्री पछि हटे, अनलाइन शुल्क निषेध

दियो पोस्ट  

काठमाडौं, २२ वैशाख । आगामी २६ वैशाखबाट विद्यार्थी भर्ना गर्ने निर्णयबाट शिक्षा मन्त्री गिरिराजमणी पोखरेल पछाडी हटेका छन् ।

चौतर्फी विरोधपछि मन्त्री पोखरेल पछि हटेको हो ।
आज बसेको मन्त्रीस्तरको निर्णय अनुसार आगामी वैशाख २६ बाट भर्ना सुचारु पूर्णरुपमा बन्द भई कुनैपनि अनलाइन कक्षा वा भर्नाको नाममा शुल्क नलिन मन्त्रालयले चेतावनी दिएको छ ।
मन्त्रालयले ३ बुँदे निर्णय गरेको जनाइएको छ ।

अर्को निर्णय नभएसम्म कुनैपनि कक्षा कुनै पनि तहमा भर्ना नलिन, अनलाइन पठन पाठन शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने नगर्न निर्देशन दिएको छ । मन्त्रालयले एसइई परिक्षा तथा कक्षा ११ र १२ को परिक्षाहरु स्थगित रहेको र सो विषयमा कुनै निर्णय नभएको जनाएको छ ।


त्यस्तै नीजि विद्यालयहरुले एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै शुल्क छुट दिएर नेपाल सरकार र अभिभावकलाई सुचित गर्नुपर्ने समेत मन्त्रालयले जनाएको छ ।

सिफारिस