
दियोपोष्ट संवाददाता,
रुपन्देही, २३ वैशाख । रुपन्देहीको बुटवल उपमहानगरपालिका स्थित मोतिपुरमा एक युवक र युवती एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रवक्ता डिएसपी खडक बहादुर खत्रीका अनुसार उनीहरु दुवै जना बुटवलमा मदजुरी गरेर बस्थे ।

उदयपुरबाट मजदुरीका लागि बुटौली आएका २४ वर्षिय युवक र गुल्मीबाट बुटवलमा मजदुरी गर्न आएकी २२ वर्षिय युवती एकै डोरीमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

प्रहरीले उनीहरुबीच प्रेम सम्बन्ध रहेको आशंका गरेको छ ।