सनसिटी अपार्टमेन्टका ५२ वर्षिय व्यक्तिमा फेरी कोरोना भाइरस संक्रमण पुष्टि

दियो पोस्ट  

काठमाडौं २३ वैशाख। पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका एक पुरुषमा कोरोना कोरोना भाइरस कोभिड १९ पुन संक्रमण देखिएको छ । संक्रमण मुक्त भएर घर फर्किएका काठमाडौंका ती पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

५२ वर्षका ती पुरुषमा कोरोना संक्रमण परिक्षण पछि पुन संक्रमण पुष्टि भएको हो ।

गत चैत्र ५ गते बेलायतबाट नेपाल आएका उनी सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए । उनीसँगै ८१ वर्षिय आमालाई पनि कोरोना लागेको पुष्टि भएको थियो । आमा समेत स्वस्थ भएर घर फर्किएकी थिइन् । उनको पाटन अस्पतालमै उपचार भइरहेको छ । हालसम्म ३ जनामा कोरोना भाइरस पुन संक्रमण देखिएको छ ।

सिफारिस