
काठमाडौं, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा चलिरहेको छ । तर, वैठक चल्दा चल्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठक छोडेर हिँडेको सार्वजनिक भएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले यस्तो सार्वजनिक गरेका हुन् । नेकपाले भोली वैशाख २५ गते स्थायी समिति बैठक आयोजना गरेको थियो । स्थायी समिति अगावै सचिवालय बस्ने निर्णय यसअघिको सचिवालय बैठकले गरेको थियो । अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीको विवाद बढेको आशंका गरिएको छ ।