सिंहदरबार गेटमा प्रहरीलाई नै आक्रमण गर्न किन आए चिनियाँ नागरिक ?

दियोपोस्ट संवाददाता

काठमाडौं, २६ वैशाख । शुक्रबार राजधानीको प्रशासनिक केन्द्र सिंहदरबार पश्चिमी गेट अर्थात मुख्य प्रवेशद्वारमै अगाडी नै चीनिया नागरिक प्रदर्शनमा उत्रिए ।


नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । करिब साँढे ३ बजे पहरीले ४२ जनाभन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले प्रहरीमाथि नै हातपात गरेका थिए ।

चिनिया नागरिकको आक्रमणमा परी प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतको टाउकोमा चोट लागेको थियो ।


उनीहरु घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए ।

उनीहरुले आफूले बोकेको ब्यानरमा ‘नो मनी गो ब्याक टु होम’ जस्ता नारा लेखेका थिए ।

पक्राउ गरी तिनीहरुलाई भुकृटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको उनले जानकारी दिए।

प्रहरीले भद्रकालीबाट नै प्रवेश गर्न नदिए पनि उनीहरु ठेलमठेल गर्दै सिंहदरबार पुगेका थिए ।

पर्यटक राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका हुन् ।


कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान पूर्णरुपमा बन्द छ ।

सम्बन्धित खबर